Listen "२०३१ सालमा राष्ट्रिय गानको सट्टा गाइन्थ्यो रुप चन्द्र विष्टले लेखेको ‘घोषणा’ शीर्षकको जनमुखी गानः अकल बहादुर केसी"
Episode Synopsis
रुप चन्द्र विष्ट एक कम्युनिष्ट क्रान्तिकारी थिए । ‘थाहा’ आन्दोलनका प्रवर्तक उनी जनमुखी अभियानका अभियन्ता पनि थिए । उनी गरिब, किसान, मजदुर, महिला बालबालिकाहरुका प्यारा नेता थिए । शत्रुले चिनेका तर मित्रहरुले नै नचिनेका एक जनमुखी योद्धाका रुपमा विष्टलाई चिनिन्छ । रुदाने, जसरु, रापसरु र स्वरुपे जस्ता फरक नामले उहाँलाई चिनिन्छ ।
रुप चन्द्र विष्टले लेख्नु भएको घोषणा शीर्षकको जनमुखी समूह गान राष्ट्रिय गानको विकल्पमा गाइन थालियो । पञ्चायतकालको चुलिँदो समयमा ‘श्रीमान् गम्भीर नेपाली’ जस्तो राजा प्रतिको भक्ति गानको सट्टा २०३१ साल वरपर मकवानपुरका १०० जति विद्यालयहरुमा यस गान परेडको तालमा गाइन्थ्यो ।
सो ताका रुप चन्द्रका सहकर्मीका रुपमा खट्ने अकल बहादुर केसी यो गानका बारेमा कथा सुनाउँदै हुनुहुन्छ । यो कथा सोहि जनमुखी समूह गान – घोषणाका बारे हो । यो कथा थाहा आन्दोलनका बारे हो ।