रुपचन्द्र विष्ट जनमुखी राजनीतिज्ञ एवं दार्शनिक थिए – (भाग ३)

रुपचन्द्र विष्ट जनमुखी राजनीतिज्ञ एवं दार्शनिक थिए – (भाग ३)

Suna Mero Katha

29/07/2017 7:12AM

Episode Synopsis "रुपचन्द्र विष्ट जनमुखी राजनीतिज्ञ एवं दार्शनिक थिए – (भाग ३)"

रुपचन्द्र विष्टले अघि सारेको राजनीति निर्दलीय पञ्चायत र बहुदलीय प्रजातन्त्र भन्दा पनि फरक र प्रगतिशील थियो । उनको राजनीति जनमुखी थियो । २०३८ सालमा घोषणा पत्रमा उल्लेख गरेरै सत्य र ठिकले बनेको थाहा दर्शन अनि ईमान, बिबेक र प्रेमले बनेको जनमुखी राजनीतिलाई जनताको घरघर पुर्याउने अभियानमा लागे । सबै अधिकार जनताको अधिनमा हुनुपर्ने उनको विचारलाई जनताले मन पराए तर पञ्चायती मण्डले र बहुदलीय पक्षधरहरुले भने उनको यो जनवादी विचारलाई बिथोल्न लागी परे । चार मानो माटोसँग तेरो नाता पर्यो भनेर माटोको भाँडाले तँ सँग दोस्ती सोस्ती गर्यो भनेर बसिस् कैद गमलामा सिङ्गै पृथ्वीलाई छोडेर – रुपचन्द्र विष्ट जनता जगाउन यी एकल सेनानीले चालेका पाइला प्रेरणादायक छन् । यिनै एकल योद्धाको अद्भुत कथा उनीसँग नजिकबाट काम गर्न पाएका रणसंग्राम विष्टले सुनाउँदै हुनुहुन्छ । यो कथा जननेता तथा दार्शनिक रुपचन्द्र विष्टको हो ।

Listen "रुपचन्द्र विष्ट जनमुखी राजनीतिज्ञ एवं दार्शनिक थिए – (भाग ३)"

More episodes of the podcast Suna Mero Katha