Listen "सोचे जस्तो हुन्न जीवन: अनुला गुरुमा"
Episode Synopsis
जीवनको परिभाषा सबैका फरक फरक नै हुन्छन । विषयवस्तु, परीस्थिति, घटना, कालखण्ड मिल्दोजुल्दो भई दिंदा कथा एउटै जस्तो पनि लाग्छ । तर पात्र फरक हुन्छन्, सँधै । अनि पात्रले भोगेको अनुभुती भने उसको, मात्रै उसैको हुन्छ ।
सानी नानी अनुला महर्जनको कथा पनि सबै सानी नानिहरुका कथा जस्तै गरी सुरु हुन्छ । तर ठूली भएर स्वतन्त्र जीवनलाई परिभाषित गर्न खोज्दाको संघर्ष भने एउटा उन्मुक्त चरीको जस्तो ।
‘जीवन मान्छेले सोचे जस्तो कहिले पनि नहुँदो रहेछ । आफूले जे खोज्यो त्यसको ठिक उल्टो भईदिने ।’
यो कथा अनुलाको हो ।