मेरो दुलाहाले निरंकुशतन्त्रका अगाडी माफी नमागेकै कारण जीवन गुमाउनु पर्यो: शारदा झा

22/07/2017 16 min
मेरो दुलाहाले निरंकुशतन्त्रका अगाडी माफी नमागेकै कारण जीवन गुमाउनु पर्यो: शारदा झा

Listen "मेरो दुलाहाले निरंकुशतन्त्रका अगाडी माफी नमागेकै कारण जीवन गुमाउनु पर्यो: शारदा झा"

Episode Synopsis


शारदा झा १४ वर्षको हुनुहुन्थ्यो जब भरत गोपाल झासँग लगनगाँठो कसियो । बिबाह पछि मात्रै उनी आफै र उनका परिवारजनले भरत गोपाल सक्रिय राजनीतिमा लागेको कुरा थाहा पाए ।

“ज्वाइँ त राजनीतिमा लागेको रै’छ, अब के हुने हो? मैले भनेको हैन भक्तपुरमा हाम्रो छोरी नदिने भनेर भन्दै आमालाई बाले बेस्सरी गाली गरे ।”

२०१५ सालमा निर्वाचित भएको सरकारलाई पाखा लगाउँदै राजा महेन्द्रले २०१७ साल पौष १ गते ‘कू’ गरे । जनतालाई राजाले चालेको कूको विरुद्ध जनचेतना फैलाउन हिँडेका भरत प्रशासनको फन्दामा परे । कयैन अरु बन्दीहरु जेल बाहिर निस्के । तर उनले निस्कन मानेनन् । जेल मुक्त हुन उनले निरंकुशतन्त्रका अगाडि लिखित माफी माग्नु पथ्र्यो । तर उनले कुनै पनि हालतमा माफी मागेनन् ।

यो कथा शहिद भरत गोपालको हो । शहिदका पत्नी शारदा झाको एक्लो जिन्दगीको पनि ।

More episodes of the podcast Suna Mero Katha