Episode Synopsis "हिब्रू 13:1-8 प्रेम र पवित्रतामा निरन्तर अघि बढौं ।"
📖हिब्रू 13:1-8 प्रेम र पवित्रतामा निरन्तर अघि बढौँ । 📃भातृ-प्रेम बनिरहोस्। परदेशीहरूको अतिथि-सत्कार गर्न नबिर्स, किनकि यसरी नै कसै-कसैले थाहै नपाई स्वर्गदूतहरूको सत्कार गरेका छन्। आफै पनि तिनीहरूसँग कैदमा परेझैँ झ्यालखानमा हुनेहरूको ख्याल राख, र आफैले दुःख-भोग गरेझैँ अत्याचारमा परेकाहरूलाई पनि सम्झ। किनकि तिमीहरू आफै पनि शरीरमा छौ। सबैका बीचमा विवाहचाहिँ आदरणीय होस्, वैवाहिक सम्बन्ध नबिटुलिओस्, किनकि दुराचारी र व्यभिचारीहरूको इन्साफ परमेश्वरले गर्नुहुन्छ। तिमीहरूका जीवन रुपियाँपैसाको मोहबाट अलग्ग राख। तिमीहरूसँग भएका कुरामा सन्तुष्ट बस, किनकि उहाँले भन्नुभएको छ, “म तिमीहरूलाई कुनै रीतिले छोड्नेछैनँ, म तिमीहरूलाई त्याग्नेछैनँ।” यसकारण निर्धक्क भएर हामी भन्दछौं, “प्रभु मेरा सहायक हुनुहुन्छ, म डराउनेछैनँ। मानिसले मलाई के गर्न सक्छ?” आफ्ना अगुवाहरूको सम्झना राख, जसले परमेश्वरको वचन तिमीहरूलाई सुनाए। तिनीहरूका जीवनको परिणामलाई ध्यान देओ, र तिनीहरूका विश्वासको अनुकरण गर। येशू ख्रीष्ट हिजो, आज र सदासर्वदा एकसमान हुनुहुन्छ।