राष्ट्रवादको मौसम : मदनसंग तीतो मीठो : Madan SangaTeeto Meetho | Aarthik Abhiyan | Ep02

07/08/2020 7 min Temporada 1 Episodio 2

Listen "राष्ट्रवादको मौसम : मदनसंग तीतो मीठो : Madan SangaTeeto Meetho | Aarthik Abhiyan | Ep02"

Episode Synopsis

लेख  पढ्न  को लागि : https://www.abhiyandaily.com/newscate...
प्रस्तोता : मदन लम्साल  
यता उत्तरकाले नेपाली पुलिसको कठालो समात्ने, उता दक्षिणकाले नेपाली भूमि हडप्ने । अनि हाम्रा तोरी लाउरेहरू भने एउटा कुर्सीमा को चैं बस्ने भनेर लडेर बस्ने । अनि बाँकी रहेकाले चाहिँ राष्ट्रवादको नारा लगाउने ।  नजिकैको बालुवाटारको जग्गा मिचिँदा नबोल्नेहरूले त्यो टाढा कुनाको लिपुलेकको विषयमा किन बोल्ने, कमिशन झर्ने होइन क्यारे !  हुन त थाहा नपाएर पनि नबोलेका होलान् । प्रधानमन्त्रीले त भारतले लिपुलेकमा सडक खनेको आफूलाई सूचना नभएको भन्नुभएछ । हुन पनि प्रम देश बनाउनमै दिनको १८ घण्टा खटेको खट्यै हुनुहुन्छ । त्यसरी देश बनाउन खटेपछि लिपुलेकमा बाटो बनेको थाहा नहुन सक्छ नि त !  बाटो पीच बनिसकेपछि मात्र पूरै भूभाग फिर्ता लिने योजना हो कि प्रमको ? त्यहाँको सडक भाडामा दिने भनेर त्यसो भन्नु भएको त होला नि ⁄ तर, जे भए पनि सरकार पुग्नुभन्दा अगाडि नै पुगेर फोटो खिच्ने र समाचार लेख्ने पत्रकारलाई भने कारबाही गर्नुपर्छ अब ।

More episodes of the podcast Aarthik Abhiyan Podcast