Listen "बजेट विश्लेषण : मदनसंग तीतो मीठो : आर्थिक अभियान : Aarthik Abhiyan | Teeto Meetho : Ep04"
Episode Synopsis
Presented By: Madan Lamsal
सरकारले आगामी आर्थिक वर्ष (२०७७/७८)को बजेट ल्यायो । एकथरी अर्थशास्त्रीहरू यति राम्रो बजेट कहिल्यै आएन भन्छन् । अर्काथरी, यति नराम्रो बजेट त कहिल्यै आएन भन्छन् । अब कस्को चैं कुरा पत्याउने त ? तर यसो पढ्दा भने सरकारले यसपालाको बजेट पनि घाटाकै ल्याएछ । अर्थात् जम्मा पौने १५ खर्बको बजेटमा प्रशासनिक खर्च, तलब सलब ख्वाउनमै झण्डै १०.५ खर्ब खर्च गर्ने रे । अनि विकास गर्न चैं जम्मा रू. ३.५ खर्ब रे, अर्थात् जम्मा बजेटको २३ प्रतिशत मात्र । त्यो पनि केले गर्ने त भन्दा विदेशीले ऋण पत्यायो भने । किनकि राजस्वबाट आम्दानी जम्मा ९ खर्ब हुन्छ रे । बाँकी ऋण लिएर । तर आर्थिक वृद्धिदर चैं ७ प्रतिशत गर्ने रे । अनि मुद्रास्फीति पनि ७ प्रतिशत रे । के के नमिले जस्तो । हुन त सपना देख्न त पाइहालिन्छ नि ! अर्थतन्त्रलाई चलायमान बनाइदेऊ भन्थे उद्यमीहरू । तर बजेटमा त्यस्तो केही आएन । अर्थतन्त्रलाई कसरी चलाउने हो र खै ! यो पहिल्यैदेखि सुतिराख्या हो । अर्थात् सामान्य अवस्थामै फागुनभन्दा धेरै अघिदेखि नै ‘स्लोडाउन’ थियो । अहिले त झन् ‘लकडाउन’ छ । धन्न कोरोनाले गर्दा सरकारले नाक चैं जोगायो । नत्र कति मन्त्रीहरू भूपू भैसक्थे होलान् ऐले । कतिपय विश्लेषकहरू भने सरकारले पोहोर परारकै जस्तो परम्परागत बजेट ल्यायो भन्छन् । तर हैन । किनकि पोहोर परारको बजेट नारा नै नाराले भरिएका हुन्थे । यसपाला त बजेट नाराविहीन छ । खाली एक ठाउँमा अर्थमन्त्रीले आगाआबकै भावना अनुसार कतिपय कार्यक्रम गर्ने भनेका छन् । आगाआब भनेको ‘आफ्नो गाउँ आफै बनाऊँ’ भनेको हो वा ‘आफ्नो गणित आफै बनाऊँ’ भनेको हो अलि स्पष्ट भएन । कुनै कुनै बुँदा पूरै उस्तै परेको भनेर अर्थमन्त्रीको विज्ञतालाई उपहास गर्न त पाइन्न है ! जे होस्, सरकारले खर्च घटाएर भन्दा कर, भन्सार आदि बढाएर वा यथावत राखेरै तथा विदेशी सहायताको आश बढाएर बजेट बनाउने सजिलो उपाय निकालेकै छ । हुन पनि बजेट पढ्दिने हो, किताब छाप्दिने न हो । यसपछि कस्ले पो पढ्छ र ? यसै पनि बजेट भनेकै आम्दानी र खर्चको अनुमानित विवरण न हो । अनुमान गर्ने हो, मिल्नैपर्छ भन्ने छैन क्यारे ! अहिलेसम्म कहिले पो बजेटमा लेख्या कुरा मिल्या छ र ? नेपालमा बजेट भनेको एक प्रकारले खुला आकाशमा ढुंगा हाने जस्तै त हो नि । हात्ती आयो, हात्ती आयो लास्टमा फुस्सा !
Read Full Story at: https://www.abhiyandaily.com/newscate...