मदनसंग तीतो मीठो : उत्तर कस्ले दिने ? | आर्थिक अभियान | Ep06 - Madan Sanga Teeto Meetho

13/08/2020 7 min Temporada 1 Episodio 6

Listen "मदनसंग तीतो मीठो : उत्तर कस्ले दिने ? | आर्थिक अभियान | Ep06 - Madan Sanga Teeto Meetho"

Episode Synopsis

प्रस्तोता : मदन लम्साल
जात्रा पर्व भनेपछि हुरुक्क हुने नेपालीहरूले यो साता गाईजात्रा पर्व धूमधामसँग मनाए । सांस्कृतिक पर्व नै भए पनि केही वर्षयतादेखि गाईजात्रामा अनेक गैरसांस्कृतिक रूप र रौनक थपिएको छ । पहिले गाईजात्रा आफन्त गुमाउँदाको पीडा भुलाउन र मृतकहरूको आत्मा स्वर्ग पुगोस् भनेर मनाइन्थ्यो । अहिले रोग, भोक र शोकले जिउँदै मरेकाहरूको पीडादायी घाउमा नुनचुक छरेर गाईजात्रा मनाइन्छ ।  परम्परागत गाईजात्रा राजा प्रताप मल्लले शुरू गरेको इतिहास छ । आधुनिक गाईजात्रा भने हाम्रा प्रधानमन्त्रीले । पुरानो गाईजात्रा केवल काठमाडौं उपत्यकामा मनाइन्थ्यो भने अहिलेको गाईजात्रा सदनदेखि सडकसम्म, सिंहदरबारदेखि नयाँ बानेश्वर हुँदै बालकोटसम्म, बालुवाटारदेखि खुमलटार र देशैभरि पुगेको छ ।  
Read Full Story at: https://www.abhiyandaily.com/newscategory-detail/368998

More episodes of the podcast Aarthik Abhiyan Podcast