Listen "प्रधानमन्त्रीसँग अन्तरवार्ता | मदनसंग तीतो मीठो | Teeto Meetho | Aarthik Abhiyan | Ep 40"
Episode Synopsis
देश हिजोआज रणभूमिजस्तो देखिन थालेको छ, नारा, जुलुस, र्याली, चलिरहेको छ । एउटै दलका दूई समूहबीच एउटाले अर्कोलाई सकेसम्म नंग्याउने, होच्याउने, अचेट्ने, घचेट्ने, निमोठ्ने उपक्रम पनि चलिरहेको छ । यस्तो लाग्छ कि साँडेहरू जुधिरहेका छन् र दुवैतर्फका समर्थकहरू बारीका कान्लामाथि बसेर आफ्नो साँडे कुर्लिंदा ताली नत्र गालीमा व्यस्त छन् । कुनै गुटमा लागि नसकेकाहरू भने देशको हाल र नेताहरूको ताल देखेर निकै चिन्तित देखिन्छन् । यसरी त भएन बा ! सरकारले अब के गर्छ भनेर बुझ्न म पनि लागेँ प्रधानमन्त्री (प्रम)को अन्तरवार्ता लिन ।