Listen "सरकारमाथि थिचोमिचो ! - मदनसंग तीतो मीठो - आर्थिक अभियान | Teeto Meetho | Aarthik Abhiyan | Ep01"
Episode Synopsis
सरकारले लकडाउनको अवधि थप्या थप्यै छ । नथपेर के गर्नु ? यो भाइरस कहिले काठमाडौंमा देखिन्छ, कहिले एकैचाटि कञ्चनपुरमा । फेरि कहिले वीरगञ्जमा, कहिले बागलुङमा त कहिले फ्याट्ट नेपालगञ्जमा भेटिन्छ । यस्तो भैराछ कि भाइरस अघि अघि सरकार पछि पछि । छन त सरकारलाई फागुनदेखि नै थाहा थियो कि नेपालमा पनि कोरोना छिर्न सक्छ भनेर । सरकारसँग प्रशस्त समय पनि थियो । तर सरकारलाई यो इमेर्जेन्सीको काम हो भन्ने हेक्का नै भएनछ क्यारे । फेरि बिचरो, एक्लो सरकारले के गर्ने भन्ने भेउ पनि पाएन होला । ल ! हुँदा हुँदै थुप्रै नेपाली विदेशबाट ह्वार ह्वार नेपाल छिरेछन् भन्या । ती नेपाली कहाँ कहाँबाट आए, फेरि कहाँ गए भन्ने तथ्यांक इमिग्रेसनले पनि राख्ने गरेको रैनछ । तथ्यांक नराख्ने इमिग्रेसन, अनि यस्मा पनि सरकारलाई गाली गरेर हुन्छ र भन्या ? यता, सरकार पनि आफ्नो काममा बिजी नै छ नि त । कोरोना कतिजनालाई लाग्यो भनेर बुझ्न उपप्रधानमन्त्रीकै संयोजकत्वमा सरकारले एउटा समन्वय समिति बनाइदेको छ । किनकि, लकडाउन बढाउने कि नबढाउने निर्णय गर्न त्यो तथ्यांक चाहिन्छ क्या । त्यसकै लागि त्यो समन्वय समितिले स्वाब टेस्ट सेस्ट गर्न पीपीई, पीसीआर किट आदि ल्याइदिन भनेर कस्लाई हो अह्राकोे रे । पक्का व्यापारी परेजस्तो छ । पैसा हात पारेपछि तिनीहरू बेपत्ता भएछन् । कस्ता बदमासहरू ! लौ भएन, सेनाले त पक्कै ल्याउँछ कि भनेर उसलाई भनेको रे, सेनाले पनि अहिलेसम्म ल्याइदेनछ भन्या !